आज:  | Thu, 01, May, 2025

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई महिलाको मृत्यु

१ पुष २०८१, सोमबार १०:५७ मा प्रकाशित ( ४ महिना अघि) ४४०३ पटक पढिएको
नारी बाटिका


झापा १ पुस ।

झापाको दमक नगरपालिका–१०मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ।

दमकस्थित सेतुमारी चोक नजिकै भएको उक्त दुर्घटना ग्रस्त मोटरसाइकलमा चालक सहित तीन जना सवार रहेका थिए । उक्त मोटरसाइकल आफै अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भयो।

झापा जिल्ला प्रहरी कार्यलयका प्रवत्ता एवं् डिएसपी कृष्णकुमार चन्दका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस