
काठमाडौं २२ माघ।
त्रिभुवन विमानस्थलबाट प्रहरीले सुनसहित एकजना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङ रहेकी छन् । गुरूङलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको सुनसहित पक्राउ गरेको हो ।
निज गुरूङको साथबाट १६ थान रीङ,सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान,औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
आज थाई एयरको उडान मार्फत बैङकबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट नजिकबाट उक्त अवैध रुपमा ल्याइएको सुनसहित पक्राउ गरेको हो।












प्रतिक्रिया दिनुहोस