
नारी बाटिका
काठमाडौँ १७ फागुन ।
नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
शुक्रबार बसेको निगम संचालक समितिको बैठकले यस्तो निर्णय गरेको निगमले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
पछिल्लो समयमा भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको निगमले जानकारी दिएको छ ।
निगमले विज्ञप्ती मार्फत भनेको छ. ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु। ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास रु, ६.२७ ले बढेर तथा प्रति लिटर डिजेलमा रु, ०.९० र हवाई इन्धनमा रु, ०.४२ ले घटेर आएको छ ।
निगम समितिको निर्णय अनुसार १ मार्च, २०२५ (मिति २०८१ फागुन १७ को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा डिजेल र मट्टितेलमा रु,१.ले घटाईएको छ ।
निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको जनाएको छ । साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।’









प्रतिक्रिया दिनुहोस