
नारी बाटिका
बागलुङ १७ फागुन ।
सुक्रबारदेदी परेको भारी हिमपात तथा वर्षाका कारण माथिल्लो बागलुङका बासिन्दाको जनजीवन कष्टकर बनेको छ। लामो समयदेखी नेपालमा वर्षा नभएको कारण किसानीले हिंउँदे खेति समेत लगाउन पाएका थिएनन् । तर एक पटक शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीयहरु प्रभावित बनेका हुन्। निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी कष्टकर बनेको छ।
यसपालिपनि हिंउँदे वर्षा नहुंदा लगभग दिउँसो पख गर्मी जस्तै हुन थालेको अवस्थामा सुक्रबारद्खीको हिमपातले सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिकाका स्थानीयवासी बताउँछन् । सो क्षेत्रमा हिँजो दिउँसो देखिनै हिमपात भएको थियो।
अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको छ। गाउँबस्ती वरपर बाक्लो हिउँ पर्दा त्यस क्षेत्रका मानिसको दैनिकी नै प्रभावित बनेको स्थानीयहरु बताउँछन्। साथै सुक्रबारदेखी चिसो अत्याधिक बढेको छ ।
आज विहानसम्म पनि हिमपात भएको छ भने अहिले पनि सो क्षेत्रमा बाक्लो हिउँ परेको छ, । ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरूले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको बताएका छन् ।, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो।’
लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएता पनि चिसो बढेकाले रुघाखोकी लाग्ने सम्भावना पनि त्यति कै रहन्छ । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँनो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ। तर पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ
मै रोकिने अवस्था आएको छ।
भारी हिमपात हुँदा बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेस्थितका मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। सुक्रबार दिउँसोदेखि नै हिमपात भएपछि यातायात समेत ठप्प भएको छ ।








प्रतिक्रिया दिनुहोस