आज:  | Wed, 30, Apr, 2025

२६औं वार्षिक उत्सव तथा ११५ औं नारी दिवसको अवसरमा आमा खेलकुद विशेष कार्यक्रम आज

२३ फाल्गुन २०८१, शुक्रबार ०९:५७ मा प्रकाशित ( १ महिना अघि) ३१०१ पटक पढिएको
नारी बाटिका


धादिङ – २३ फागुन । ।

नारी जागरण केन्द्र (एनजेके) धादिङको २६औं वार्षिक उत्सव तथा ११५ औं अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा आज आमा खेलकुद विशेष कार्यक्रम धादिङवेशीमा हुंदैछ ।

केन्द्रले २५औं वसन्त पुरा गरी आजकै दिनबाट २६ वर्षमा प्रवेश गरेको अवसर पारेर आमा खेलकुद विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो ।२०५६ सालमा स्थापना भई धादिङ जिल्लामा निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएको केन्द्र(एनजेके) यस वर्षमा फरक खालको कार्यक्रम गरी वार्षिक उत्सव मनाउने भएको छ ।

विगतमा रक्तदान लगायतका कार्यक्रम गर्ने गरिएकोमा यस पटक भने आमा समुह तथा सवै वर्गका महिलाको सहभागिता गराई शारिरिक र मानसिक रुपमा स्वस्थ्य रहन खेलकुद कार्यक्रम गर्ने भएको हो ।

११५ औं अन्तर्राष्ट्रीय नारी दिवसको समेत सन्धर्वमा नारी केन्द्र र नारी विकास सहकारी संस्थाको संयुक्त आयोजनामा  हुन गैरहेको यस खेलमा दुई खेल हुनेछ । जसमा फरक फरक व्यक्तिलाई सहभागी हुन पाउने गरी प्रतियोगी रुपमा हाँडी फुटाई र म्युजिकल चियर खेलको आयोजना हुनेछ भने खेलमा प्रथम हुने लाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

खेल अहिले विहान १०ः३० बजेदेखी धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ धादिङवेशीस्थित केन्द्रको आफ्नै कार्यलय भवन अगाडी नेपाली काँग्रेसको कार्यलयको प्रांगण तथा खुल्ला आँगनमा हुने भएको केन्द्रले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस