आज:  | Wed, 30, Apr, 2025

नारी ग्रुगद्वारा आयोजित खेलमा आमादेखी हजुरआमासम्म सहभागी

२४ फाल्गुन २०८१, शनिबार ०७:३८ मा प्रकाशित ( १ महिना अघि) ५३०२ पटक पढिएको
नारी बाटिका


धादिङ –२४ फागुन ।

११५औं अन्तर्राष्ट्रीय नारी दिवस साथै  नारी जागरण  केन्द्रको २६ औं वार्षिक उत्सवको अवसरमा नारी ग्रुगद्वारा आयोजित खेलमा आमादेखी हजुरआमासम्म सहभागी भएका छन् ।

वार्षिक उत्सवको अवसरमा आयोजित उक्त  खेल कार्यक्रममा ३० देखी ८० वर्षसम्मका उमेर समुहका आमादेखी हजुर आमासम्मकाले खेल खेलेका हुन् । आमा खेलकुद कार्यक्रम सुक्रबार धादिङवेशीमा सम्पन्न भएको हो । खेलमा ४३ जना आमा तथा हजुर आमाहरुको सहभागिता रहेको थियो ।

२०५६ सालमा स्थापना भएको नारी जागरण केन्द्र (एनजेके) धादिङको वार्षिक उत्सव साथै अन्तर्राष्ट्रीय नारी दिवसको अबसर पारेर केन्द्रले नारी विकास सहकारी संस्थाबिच सहकार्य गरी सुक्रबार आमा खेलकुद विशेष कार्यक्रम धादिङवेशीमा आयोजना गरेको थियो ।

महिला बालबालिका तथा लैंगिक हिंसा विरुद्धको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाको रुपमा धादिङ जिल्ला कै पुरानोमा परिचित छ ।

निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएको केन्द्रले निलकण्ठ नगरपालिका लगायत धादिङका विभिन्न पालिकाहरुमा महिला समुह,महिला र पुरुष समावेशी समुह निर्माण गरी समुह महिला सहकारीमा महिला शसक्तिकरण,प्रजनन् स्वास्थ्य,लैंगिक हिंसा विरुद्ध,सिपमुलक लगायतमा काम गर्दै आएको छ ।

प्रत्येक वर्ष र्याली,प्रभातफेरी,साँस्कृतिक कार्यक्रम,अभिमुखीकरण,रक्तदान गरी जिल्लाभरमा मनाईँदै आएकोमा अन्तर्राष्ट्रीय नारी दिवश तथा केन्द्र वार्षिक उत्सव पनि एकै मितीमा पर्ने भएकोले धादिङमा यस वर्षमा भने फरक क्रियाकलापको आयोजना भैईरहेको छ ।

अन्तर्राष्ट्रीय नारी दिवसको समेत सन्धर्वमा सुक्रबार सम्पन्न आमाहरुको सहभागितामा भएको छुट्टा छुट्टै खेलमा पाँचजनाले विजय भएका छन् ।

जसमा हाँडी फुटाई तर्फ निलकण्ठ नगरपालिका ४ की रिता दवाडी नेपाली र निलकण्ठ नगरपालिका १२ की लक्ष्मी राउतले नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् ।

यसैगरी म्युजिकल चियर तर्फको खेलमा प्रथम हुने निलकण्ठ नगरपालिका १३ की एलिना राई गुरुङ,दृतिय स्थान हाँशिल निलकण्ठ नगरपालिका ३ रिजाल गाउँकी मेनुका सापकोटा र तृतिय स्थान हाँशिल गर्नेमा निलकण्ठ नगरपालिका ३ सितल बजारकी सरस्वती श्रेष्ठ रहेका छन् ।

दुबै तर्फको खेलमा प्रथम पुरस्कार राषी रु १५०० र प्रमाणपत्र,दृतिय पुरस्कार राषी रु,१००० नगद पुरस्कार र प्रमाणपत्र साथै तृतिय स्थान हाँशिल गर्नेलाई रु ५०० नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक संस्था नारी जागरण केन्द्र धादिङले जनाएको छ ।

खेल धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ धादिङवेशीस्थित केन्द्रको आफ्नै कार्यलय रहेको भवनमा भएको थियो ।

यसका साथै ११५औं अन्तर्राष्ट्रीय नारी दिवस कै अवसरमा  नगरपालिकाको संयोजन तथा गैसस महाँसंघ,नारी जागरण केन्द्र,नारी विकास सहकारी संस्था,फोकस नेपाल,आईसी डिसी,रोयम नेपाल लगायतका संघ संस्थाको आयोजनामा निलकण्ठ नगरपालिकाको धादिङवेशी बिचवजार चोकमा नगरपालिकाभित्रका विभिन्न समुहका महिलाले उत्पादन गरेका कृर्षी तथा हस्तकलाका सामानहरुको प्रदर्शनी साथै बिक्री वितरणमा प्रवद्धन गरिने कार्यक्रमको आयोजना गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस