आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित

२०८१ फागुन २९, बिहिबार मा प्रकाशित ( १ साल अघि) १३३३१ पटक पढिएको
नारी बाटिका


धादिङ -२९ फागुन।

धादिङ जिल्ला कै सबैभन्दा धेरै विद्यार्थी रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । क्याम्पस निर्वाचन समितिका संयोजकले राजीनामा दिएपछि स्ववियु निर्वाचन स्थगित भएको हो।

यही चैत्र ५ मा देशभरका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदैछ । सोही अनुसार स्ववियु निर्वाचन सम्पन्न गर्नका लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई बुधबार पदबाट राजिनामा दिनु भएको थियो ।

सोही कारण निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकबाट भएको निर्णय अनुसार अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा उल्लेख गरी निर्वाचन स्तगित भएको विज्ञप्ति जारी गर्दै जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस