
नारी बाटिका

धादिङ- १ चैत।
नेपाली कांग्रेस धादिङ क्षेत्रिय कार्यसमितिले पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङ जिल्लाको क्षेत्र नं.२ क्षत्रिय कार्य समितिको आयोजनामा पहिलो पटक नगर,गाउँपालिका,वडा कार्यसमिति तथा जिल्ला कार्यसमितिका सभापति लगायतका पार्टी प्रतिनिधिहरुलाई प्रशिक्षण दिएको थियो।
नेपाली कांग्रेस धादिङ क्षेत्र न.ं २ क्षत्रिय सभापति राकेश धमलाको अध्यक्षतामा सुक्रबार पहिलो पटक पार्टी सदस्यहरुलाई प्रशिक्षण गरिएको हो । 
प्रशिक्षण कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, प्रतिनिधी सभा क्षेत्रीय कार्यसमितिका सभापति, सबै वडाका क्षेत्रीय प्रतिनिधिहरु,नगरपालिका कार्यसमिति, प्रदेश कार्यसमिति, भातृसंस्थाका अध्यक्ष तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरु नेपाली कांग्रेस धादिङका सदस्यहरुको सहभागिता रहेको थियो। 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नेता दिलमान पाख्रिन तामाङको प्रमुख आतिथ्यता तथा निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्र.ढुंगाना,नेपाली काँग्रेस धादिङका पुर्व पार्टी सभापति रमेश धमला,वागमती प्रदेश साँसद् गोविन्द लम्साल,साँसद् शिवराज अधिकारी,नेता फणिकान्त छत्कुली
नेता वासु तिमल्सीना,नेता तिलक रुवाली,नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य,प्रशिक्षण विभागका प्रमुख डा. चिरन्जिवी नेपाल,नेपाली काँग्रेस धादिङका कार्यभार सभापति गेहेन्द्र मल्लको विशेष आतिथ्यता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसको निति सिद्धान्त र पार्टीको मुख्य अवधारणाको बारेमा डा. चिरन्जिवी नेपाल र केन्द्रीय सदस्य मधु आचार्यले प्रशिक्षण दिनु भएको हो ।








प्रतिक्रिया दिनुहोस