
काठमाडौं २३ वैशाख ।
भारतको उत्तर प्रदेशमा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चलाएको गोली लाग्दा एक नेपाली युवक घाइते भएका छन् ।
भारतीय प्रहरीको गोली लागेर घटनामा तिलक थापा उर्फ टीलु पहाडी भन्ने नेपाली युवक घाइते भएका हुन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, नेपालमा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहमाथि छापा मार्ने क्रममा थापाको खुट्टामा गोली लागेको हो ।
चोरीको आरोप लागेका ति नेपाली युवकमाथी स्वाट र देवाका प्रहरी टोलीले थापासहित दुई भारतीय नागरिक मो साजिद अन्सारी र मो.खुर्शीदलाई नियन्त्रणमा लिएको छ । अहिले घाइते थापाको भारतस्थित उत्तर प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस