
नारी बाटिका
पर्वत-२४ वैशाख ।
राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा पार्टीभित्रैका कार्यकर्ताबिच झडप भएको छ । बुधबार जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाका पार्टीभित्रका गुट उपगुट हुदा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।
झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।
गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको थियो । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले आजको कार्यक्रम पिति सार्न माग गरेको थियो ।
गिरी पक्षका युवाले भने आज कै मितिमा कार्यक्रम तय गरेको र अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गरेपछी दुइ समुहबिच चर्काचर्की भएपछी झडप भएको बताइएको छ।








प्रतिक्रिया दिनुहोस