
नारी बाटिका
काठमाडौं १ जेठ ।
सरकारले विभिन्न देशका १३ राजदूतहरू समय अगावै फिर्ता बोलाएको छ ।
महालेखापरीक्षक कार्यालयले बुधवार सार्वजनिक गरेको ६२औँ प्रतिवेदन अनुसार तोकिएको अवधि अगावै १३ देशका राजदूत स्वदेश फिर्ता बालाउँदा रु.२ करोड ८६ लाख ६९ हजार खर्च लागेको प्रतिवेदनमा जनाइएको हो ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ८ (क) मा राजदूतको पदावधि नियोगमा हाजिर भएको मितिले ४ वर्षको हुने उल्लेख छ । तर, अवधि सकिनु अगावै सरकारले पmिर्ता बोलाउँदा बडी हुने गर्दछ ।
स्वदेश फर्किएकाहरु भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार, चीन, रसिया र श्रीलङ्का गरी १३ देशका राजदूत स्वदेश फर्किँदा उक्त रकम खर्च भएको हो ।
प्रतिवेदनमा उल्लेख भए अनुसार ‘१३ देशका राजदूत स्वदेश फर्किँदा बिमा बापत रु। १ करोड १३ लाख ९६ हजार, हवाई टिकट बापत रु, १ करोड २४ लाख ४३ हजार र ढुवानी बापतको रु। ४८ लाख ३० हजारसमेत रु।२ करोड ८६ लाख ६९ हजार खर्च भएको देखाएको छ ।’
महालेखाले परराष्ट्र मन्त्रालय अन्तर्गतका ४४ सरकारी कार्यालयको रु २ अर्ब ४२ करोड ९९ लाखको लेखापरीक्षण सम्पन्न गरेको जनाएको छ । त्यसमध्ये यस वर्षको लेखापरीक्षणबाट परराष्ट्र मन्त्रालयमा १ अर्ब ५ करोडभन्दा बढीको बेरुजु पनि देखिएको छ ।








प्रतिक्रिया दिनुहोस