आज:  | Sat, 07, Jun, 2025

वर्षासँगै डेंगी संक्रमणको जोखिम बढ्दो, सतर्कता अपनाउन विज्ञहरूको आग्रह

२३ जेष्ठ २०८२, बिहीबार ०६:५३ मा प्रकाशित ( २ दिन अघि) २३२६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ जेठ ।

गत भन्दा अझै यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानका कारण डेंगी संक्रमणको जोखिम थप बढ्ने भएकोले स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

वर्षा लागेसंगै लगातारको वर्षातले पानी जन्म सक्ने स्थानमा डेंगी सार्ने लामखुट्टे एडिस इजिप्टाई जातको वृद्धि हुने सम्भावना अत्यधिक रहन्छ । यस्ता लामखुट्टेहरू घर वरिपरिका जमेको पानी, फूलदानी, गमला, टायर, प्लास्टिकका बोतल, वा पानीका ट्याङ्कीहरूमा अण्डा पारेर बंशवृद्धि गर्ने गर्दछन् ।

डेंगी एक प्रकारको भाइरसबाट सर्ने रोग हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेपछि सर्छ । यसरी सङ्क्रमण फैलिने हुँदा लामखुट्टेको नियन्त्रण गर्न आवश्यक छ । महाशाखाले डेंगी नियन्त्रणका लागि समुदायस्तरमै सचेतना र सरसफाइ अभियान आवश्यक रहेको जनाएका छन् ।

डेंगीबाट बच्नका लागि धेरै उपायहरू अपनाउन सकिन्छ । लामखुट्टेको टोकाइबाट बच्नको लागि दिउँसो र राती सुत्दा झुल प्रयोग गर्नुपर्छ । खेतबारी वा बाहिरी काम गर्दा लामो बाहुला भएको लुगा लगाउनु पर्छ । साथै, घरको झ्याल तथा ढोकामा जाली लगाउनु पर्दछ । त्यस्तै बालबालिकाहरू डेंगीको जोखिममा पर्ने संवेदनशील समूह भएकाले तिनीहरूलाई दिनको समयमा पनि झुलभित्र सुताउने र पुरै शरीर ढाक्ने लुगा लगाइदिने सल्लाह दिइएको छ ।

सरकार र स्थानीय तहहरूले डेंगी नियन्त्रणको प्रयासलाई तीव्र बनाउँदै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, डेंगी रोकथामको सबैभन्दा प्रभावकारी उपाय व्यक्तिगत र सामूहिक सतर्कता अपनाउनु नै मुख्य जोखिमबाट बच्नु हो ।

काठमाडौँमा सन् २०२५ मा जनवरी देखि हाल सम्म ११९मा डेंगी सक्रमण पुष्टि भएकोछ । २०२२ मा काठमाडौँमा डेंगीको प्रकोप निकै उच्च रहेको थियो । सक्रमणबाट काठमाडौं देशकै टप टेन मा परेको थियो । यसै कारणले पनि धेरै मानिसहरुको भिडभाड हुने ठाउँमा विशेषगरी सरसफाइमा ध्यान दिने र सबै मानिसले सुरक्षा अपनाउने हो भने डेंगीको प्रभाव घटाउन सकिन्छ भन्ने प्रमाणित गराउँछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस