आज: २०८२ भाद्र २१, शनिबार | Sat, 06, Sep, 2025

अभ्यास गर्ने क्रममा सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

२०८२ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ५७९८ पटक पढिएको
नारी बाटिका


सप्तरी २३ जेठ ।

उद्दारको लागी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोरका टोली आफै सप्तकोशी नदीमा बेपत्ता भएका छन्।

बिहीबार अपराह्न सशस्त्रका दुई जना गोताखोर नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनु भयो। सहप्रवक्ता थापाले भन्नु भयो ‘हाम्रा दुई जना टोलीहरु अभ्यासका क्रममा गोताखोर नदीमा बेपत्ता छन् ।

सहप्रवक्ता थापाका अनुसार वेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ,’ उहाँले भन्नु भयो। सामान्य अवस्थामा यस्तो दुर्घटना नहुने फिल्डमा रहेका कमान्डरले बताएको उहाँको भनाई थियो।

‘कुनै गम्भीर प्राविधिक समस्या आएको हुन सक्ने र पानीको बहाव अत्यधिक रहेको ठाउँमा दुर्घटना भएको हो,’ । बेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन्।

मनसुनको समयमा वर्षाको बाढीको कारण आउने बाढी,पहिरोमा मानिसहरु फस्दा कसरी उद्धार गर्ने भनी अभ्यास गरिरहेको बेला उनीहरू आफैनदीमा हराएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस