आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

आजदेखि सर्वोच्चका न्यायाधीश र न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ

२०८२ जेष्ठ ३१, शनिबार मा प्रकाशित ( १ साल अघि) ६५७३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३१ जेठ ।

सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्का सदस्यको संसदीय सुनुवाइ ​आजबाट शुरु हुँदैछ। यसका लागि संसदीय सुनुवाइ समितिको बैठक अहिले दिउँसो २ बजे बस्नेछ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ।

यसैगरी वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद्को सदस्यमा सिफारिस गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस