आज:  | Fri, 20, Jun, 2025

निलकण्ठ नगरपालिकाको १७ औ. नगरसभाको अधिवेशन सम्पन्न 

६ असार २०८२, शुक्रबार २०:२५ मा प्रकाशित ( ६ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका



नारी वाटिका संवाददाता

धादिङ ६ असार ।

निलकण्ठ नगरपालिकाको १७ औ. नगरसभाको अधिवेशन सम्पन्न भएको छ  ।

शुक्रबार नगरपालिकाले आफ्नो नगरसभाको १७ औंअधिवेशन सम्पन्न गरेको हो।

नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा नगर प्रमुख भिम प्र. ढुंगानाले चालू आर्थिक वर्षको समिक्षा तथा आउँदो आर्थिक वर्ष २०८२।८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।

अधिवेशनको अध्यक्षता नगरपालिका प्रमुख मेयर भिम प्र.ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रममा नगर उपाध्याक्ष दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुशोतम सुवेदी,वडाध्यक्षहरू, कर्मचारी, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकार तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनमा मेयर ढुंगानाले नगरपालिकाले हाँसिल गरेको उपलब्धिहरू, विकास निर्माणका योजनाहरू, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा महिला सशक्तिकरण लगायतका क्षेत्रमा गरिएको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०८२।८३ का लागि नगरपालिकाले नीति तथा कार्यक्रम अन्तर्गत शिक्षा गुणस्तर सुधार,बाह्र कक्षा सम्म निसुल्क शिक्षा, स्थानीय स्रोत साधनको अधिकतम उपयोग, पर्यटन प्रवद्र्धन,विपद् व्यवस्थापन, कृषिको आधुनिकीकरण,युवा उद्यमशीलता र दिगो विकासका लागि निति तथा कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्माले १ अरव २२ करोड ९३ लाख ५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो ।

नगरसभाले प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्दै केही सुझावसहित सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । अधिवेशनको समापन समारोहमा जनप्रतिनिधिहरूले योजना निर्माण र कार्यान्वयनमा जनसहभागिता, पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।

अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा नगरपालिका मेयर ढुंगानाले सबै जनप्रतिनिधि, कर्मचारी, सहभागीहरू तथा नागरिक समाजलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस