आज:  | Sat, 21, Jun, 2025

सडक विस्तारमा प्रहरी र स्थानीयबीचको झडप हुंदा गोली चल्दा १० घाइते

७ असार २०८२, शनिबार १९:४३ मा प्रकाशित ( ५ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सर्लाही ७ असार ।
सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन्।

सडक विस्तारका विषयमा विवाद भएपछि दुइ पक्षबिचमा ढुङ्गा हानाहान भएको थियो।उनीहरुका विवादको चर्कदै गएकोले स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो भने एक ‘राउन्ड’ गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए।

सोही घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको समेत दाहिने हातमा चोट लागेको छ । त्यस्तै प्रहरी प्रमेश्वर राय यादवलाई पनि टाउकामा चोट लागेको छ। दुवै घाइतेको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको बताईएको छ।

घटनामा घाइते हुनेहरुमा बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते छन्।

घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडपमा संलग्न भएका सातजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस