आज:  | Sun, 22, Jun, 2025

साउदी अरबबाट फर्किएका नेपालीमा मंकिपक्स संक्रमण देखियो

८ असार २०८२, आईतवार ०६:२० मा प्रकाशित ( १0 घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ८ असार ।

यस वर्षमा पनि नेपालमा चारजनामा एमपक्स संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट हालसालै नेपाल आएका ३७ वर्षीया पुरुषमा एमपक्स पुष्टि भएको हो। यसअघि नेपालमा २०८० असार १ मा पहिलो पटक एमपक्स भेटिएको थियो।

उनै साउदीबाट हालसालै फर्किएका निज पुरुषमा एमपक्सको लक्षण देखिएपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका थिए। पीसीआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएपछि उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा.बुढाथोकीका अनुसार नेपालमा अहिलेसम्म चारवटा एमपक्स सक्रमणको बिरामी भेटिएका जानकारी दिनु भयो।

नेपालमा पहिलो पटक यस सक्रमण फेला पर्दा एकजना नेपाल घुम्न आएकी ६० वर्षीया विदेशी महिलामा एमपक्स संक्रमण पुष्टि भएको थियो। यो पछिल्लो केस चौथो हो। यसअघिका एमपक्स पुष्टि भएका तीन जना पनि साउदी अरबबाटै फर्किएका नेपालीहरु थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस