आज:  | Tue, 24, Jun, 2025

बल्ल प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण पत्र

१० असार २०८२, मंगलवार ०६:२८ मा प्रकाशित ( ८ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १० असार ।

प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली समक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुचन गर्न नहुने विषयमा ध्यानाकर्षण गराएको छ।

पछिल्लो समयमा देशमा संन्चालन भएका केही सहकारी संस्थाका प्रतिनिधिहरुले सहकारीको रकम हिनामिना गरी देशभरीका सहकारी संस्था र तिनका संन्चालकको बतनाम भइरहेको भएतापनि तिनै सहकारीको सदस्य सुल्क,तालिमका नाममा विभिन्न सुल्क उठाएर लिएको रकमबाट नेटवर्कका नेतृत्व हाँकीरहेका राष्ट्रिय सहकारी महासङ्घ लगायतका केन्द्रीय संघहरुले चुक्क आवाज उठाउन नसकेको अवस्था थियो ।

ढिलै भएपनि प्रधानमन्त्री निवास, बालुवाटारमा शोमबार महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत सङ्कलनको सीमा अन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुलित नभएको, विषयलाई उठाएका छन् ।

यसैगरी कुनैपनि सहकारी संस्थामा शेयर सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनु पर्ने लगायतका माग राखिएको छ। भेटका क्रममा नेकपा (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, पूर्वमन्त्री एवं महासङ्घका पूर्व अध्यक्ष केशव बडाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालगायत सहभागी थिए ।

सहकारी महासङ्घलाई भर्याङ बनायर धेरै पटक धेरै जनामहासङ्घका नेतृत्वहरुले देशका ठुलादलबाट मन्त्री भइसकेका छन् । तर तिनै नेताहरुहरुले सहकारीबाट ऋण खाएर उल्टै सहकारी संस्थालाई धम्क्याउदै ऋण नतिरेर ठगी गर्नेहरुका लागी तत्काल ऋण अशुली गर्न सक्ने कडा कानुन् समेत बनाउन समेत सकेका छैनन् । यद्यपी ढिलै भएपनि सहकारी विषयलाई लिएर प्रधानमन्त्री ओली समक्ष पुगेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्रीे सम्बन्धित क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानुन, नीति र निर्देशिकाहरू ल्याइने भएकाले त्यस अनुसार प्रबन्ध गर्न सरकारले सहजीकरण गर्ने विश्वास दिलाउनु भएको थियो।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकका कतिपय प्रावधानलाई परिमार्जन गर्न सुझाव बुझाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस