
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ १५ असार ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को राजनीतिमा पुनः आफ सक्रिय रूपमा जोडिने घोषणा गर्नु भएको छ । शनिबार आफ्नो स्व पती मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गरेकी हुन् ।
उहाँले एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रामा अब आफुले निरन्तरता दिन प्रतिबद्धता व्यक्त गर्नु भयो। ‘राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि, मैले नेकपा (एमाले)मा रही राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उहाँले भन्नु भयो । ‘म अब एमाले परिवारको एक सदस्यका रूपमा पुनःजोडिएको छु र यसमा गर्व गर्छु ।’
भण्डारीले यस्तो घोषणा गर्दै आफ्नो कुनै व्यक्तिगत महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो। उहाँले राजनीतिक यात्राले आफूलाई धेरै कुरा सिकाएको र परिपक्व बनाएको बताउँदै, ‘मदन भण्डारीका आदर्शलाई आत्मसात् गर्दै म समर्पित भावनाले अगाडि बढिरहेकी छु । यो यात्रामा मैले राजनीतिक उतारचढावबाट धेरै अनुभव प्राप्त गरेको छु
मैले राजनीतिक उतारचढावबाट धेरै अनुभव प्राप्त गरेको छु ।’








प्रतिक्रिया दिनुहोस