आज:  | Mon, 30, Jun, 2025

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा,समकक्षी साञ्चेजबीच भेटवार्ता

१६ असार २०८२, सोमबार ०६:३५ मा प्रकाशित ( १८ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१६ असार ।

सयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भएको छ।

स्पेनको सेभिल्लामा आयोजित भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्ष र पर्यटन, जलवायु परिवर्तन,लगानी,जनता–जनताबीच सम्पर्क लगायतका विषयमा छलफल भएको हो।

भेट वार्ताका क्रममा प्रधानमन्त्रीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा पनि दिनु भएको छ साथै नेपालमा स्पेनको दूतावास खोल्न आग्रह गर्नु भएको छ। स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरेका थिए।

भेटवार्तामा प्रधानमन्त्री वलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस