आज:  | Tue, 01, Jul, 2025

‘कुलिङ पिरियड’मा‘बाहेक’वाक्य खुलेपछि सत्तारुढ दलभित्रै अहिले तीव्र आलोचना

१७ असार २०८२, मंगलवार १६:०३ मा प्रकाशित ( ११ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं- १७ असार ।

सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योद्घाटन भए पछि संघीय निजामती सेवा बिधेयकलाई अस्वीकार गर्ने जनाएको छ। सभामुख देवराज घिमिरेसँग राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितको उपस्थितिमा भएको छलफलमा नेकपा एमालेले सो बारेमा सभामुखलाई जानकारी गराएको छ ।

एमाले भन्छ ‘हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको गम्भीर उपहाससमेत हो । यस घटनाले सार्वभौम संसद् र समितिलाई समेत धूलिसात बनाउने काम भयो,’

बैठकमा सहभागी नेकपा एमालेका सांसदहरुका अनुसार एमालेले हालै प्रतिनिधिसभावाट पारित भएको सो विधेयक स्विकार नगर्ने जानकारी दिएका छन् ।सो विवादमा मुछिएका समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ ।

साथै पारित भएको विधेयकको दफा ८२ (४ं) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । यो समितिमा भएको सहमति हो ।

समितिका सभापति रामहरि खतिवडासमेतको मिलेमतोमा त्यसलाई खण्डित गर्ने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको रहस्योद्घाटन रुपमा गरिएको छ ।

यसका साथै विधेयकमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो । तर, त्यसमा थप एक वाक्य थपिएको खुले पछि सत्तारुढ दलभित्रै अहिले तीव्र आलोचना भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस