
नारी वाटिका संवाददाता
काठमाडौं- २२ असार ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साह र उपमेयर डंगोलबीच पानी बाराबारको अवस्थामा मेयर साहले पूर्वराष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् ।
तिन दिनअघि एमाले नेता कृष्णगोपाल श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग भण्डारीको निवासमै भेट गराउने व्यवस्था मिलाएका हन् । एक उच्च स्रोतका अनुसार मेयर साहले पुर्वराष्ट्रपति भण्डारी समक्ष कामपाको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका थिए ।
विभिन्न कार्यले देशमै चर्चाको सिखरमा रहेको जननिर्बाचित नाम मेयर बालेन शाह र पूर्वराष्ट्रपति भण्डारीसंगको यो भेटलाई एमालेवृतमा महत्वकासाथ लिएको छ ।












प्रतिक्रिया दिनुहोस