आज:  | Thu, 10, Jul, 2025

पार्टीविरोधी गतिविधिमा संलग्न कांग्रेसद्वारा डेढ दर्जन नेतालाई कारबाही

२६ असार २०८२, बिहीबार ०६:५८ मा प्रकाशित ( १५ घण्टा अघि) १७०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२६ असार ।

नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न भई गत निर्बाचनमा आफ्नै पार्टीका उम्मेद्वारलाई ( अन्तरघात) नसघाएको आरोपमा डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।

२०७९ सालको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध कार्य गरेको, सामाजिक सञ्जाल र अन्य माध्यमबाट असहयोग गरेको प्रमाणको आधारमा केन्द्रीय अनुशासन समितिले पाँच जनालाई निष्कासन र अन्यलाई निलम्बन गरेको हो।

यसरी कारबाहीमा पर्नेहरुमा तेह्रथुमका तुलसी सुब्बा, कास्कीका कुमार खड्का, लुम्बिनीका विक्रम खनाल,खोटाङका विष्णुकुमार राई र पर्साका अरविन्द गुप्तालाई निष्कासन गरिएको छ। अन्य नेता तथा कार्यकर्तालाई ३ देखि ६ महिनासम्म निलम्बन गरिएको हो।

साथै पार्टी रहेर,पार्टीको विभिन्न पदमा बसेर आफ्नै पार्टीविरुद्धका गतिविधि गर्नेहरुमा कांग्रेस विधानको धारा ३४ अनुसार कारबाही गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस