
नारी बाटिका
सक्रिय राजनीतिमा फर्कने तयारी
नारी संन्चार संवाददाता
काठमाडौं -९ साउन।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो बबरमहलस्थित एक रिसोर्टमा पत्रकार सम्मेलन गर्ने भएकी छन् ।
पछिल्लो केही समय यता आफु नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसंगै सार्वजनिक रुपमै यसबारे अभिव्यक्ति दिँदै आउनु भएको छ । थप सार्वजनिक करणको लागी पत्रकार सम्मेलन गरी आज आफ्नो धारणा सार्वजनिक गर्न लागिएको हो ।
गत मंगलबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेपछि पार्टीका केही नेताहरुबिचमा चुलिएको विवाद अझै चुलिने सम्भावना छ। उक्त निर्णयप्रति एमाले नेताहरुबीच असहमति देखिन थालेको छ।
एमाले पोलिटब्युरो बैठकले गरेको यस निर्णयले संविधानको मर्म विपरीत हुने भन्दै एमालेले रोक लगाए पनि भण्डारीले आफूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्न नहुने बताउँदै राजनीतिक प्रतिवाद गर्ने भण्डारीको छ। सोही प्रयोजनका लागी आजको पत्रकार सम्मेलनमा उनले आगामी योजना सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।








प्रतिक्रिया दिनुहोस