आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीले लिए शपथ

२०८२ श्रावण २१, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ९२३९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
बागमती प्रदेश -२१ साउन

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएपछी प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।

नवनियुक्त मुख्यमन्त्रीमा सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का छ जना र कांग्रेसबाट दुई गरी आठ जनालाई मन्त्रीमा नियुक्त गरिएको थियो । मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकासमन्त्री, डा.दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसी वन तथा वातावारण मन्त्री, किरण थापा स्वास्थ्य मन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा नियुक्त भएको हो ।

यसैगरी कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिना विभागीय मन्त्रीमा नियुक्त भए। नवनियुक्त मन्त्रीहरूको प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण मंगलबार गराउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस