नारी वाटिका संवाददाता
काठमाडौँ ३ भदौ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको हो ।शोमाबर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त प्रविधिको औपचारिक शुभारम्भ गर्नु भएको छ ।
मन्त्री पौडेलले प्रयोगशालामा थपिएको दुईवटा रिपोर्ट भेन्डिङ मेसिन को पनि उद्घाटन गर्नु थियो। उहाँले स्वास्थ्य सेवा प्रणालीलाई आत्मनिर्भर बनाउन र प्रयोगशालालाई विश्वस्तरीय स्तरीय अवस्थामा लैजान सरकारले निरन्तर काम गरिरहेको बताउनु भयो ।
यसअघि नागरिकलाई जटिल रोगको परीक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने बाध्यता थियो । मन्त्री पौडेलले भन्नु भयो” यस्ता समस्या हटाउने हाम्रो प्राथमिकता हो ।” उहाँले भन्नु भयो “रोग निदानदेखि उपचारसम्मको सम्पूर्ण प्रक्रिया स्वदेशमै सम्पन्न गर्न सकिने वातावरण निर्माण तर्फ सरकार प्रतिबद्ध छ ।”
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टका अनुसार डिजिटल पीसीआर सामान्य पीसीआरभन्दा धेरै परिष्कृत र संवेदनशील प्रविधि हो । यसले रगत वा नमुनामा न्यून मात्रामा रहेको डीएनए परिक्षणलाई समेत सटीक रूपमा पहिचान गर्न सक्छ ।
“यो प्रविधिले क्यान्सर उपचारमा आवश्यक ठहरिने ईजिएफआर, बीसीआर–एबीएल, बीआरएएफ जस्ता म्युटेसन परीक्षण र रगतमा घुमिरहेको ट्युमर डीएनए जाँचलाई नेपालमै सस्तो र सहज बनाइदिने हाम्रो विस्वास छ,” डा. भट्टको भनाई छ ।
यसअघि यस परीक्षणका लागि नमुना विदेश पठाउनु पर्ने अवस्था थियो, जसको कारण यो परिक्षणमा खर्चिलो र समय धेरै लाग्ने गथ्र्यो । अब नेपालमै यसको परीक्षण हुने भएपछी बिरामीलाई छिटो, सुलभ र भरपर्दो सेवा प्राप्त हुने अपेक्षा गरिएको छ ।
यसका साथै नवीनतम प्रविधिसँगै प्रयोगशालाले शनिबारदेखि नै रिपोर्ट भेन्डिङ मेसिन पनि सञ्चालनमा ल्याएको छ । यसले सेवाग्राहीलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गर्नेमा प्रयोगशालाको लक्ष छ ।
अब उपान्त सेवाग्राहीले प्रयोगशालाबाट पाएको युनिक कोड प्रयोग गरी आफैले पनि मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्ने भएका छन्। । यसले सेवाको सहजता मात्र नभई पारदर्शिता र दक्षता पनि बढाउने अवस्था आएको छ ।
मन्त्री पौडेलले यस प्रविधिको प्रयोग कार्यलाई नेपालको रोग निदान क्षमतामा नयाँ अध्यायको रूपमा सुरुवात भएकोमा खुशी व्यक्त गर्नु भयो । यस्तै प्रयोगशालामा अत्याधुनिक उपकरण थपिँदै जानु स्वास्थ्य सेवा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान हुने मन्त्री पौडेलले बताउनु भयो ।
“जनताले समयमै, सस्तो र भरपर्दो परीक्षण पाउनु सरकारको लक्ष्य हो,” उहाँले भन्नु भयो, “यसका लागि आवश्यक संरचना, तालिम र प्रविधिमा निरन्तर लगानी गर्दै जानेछौं ।”
विशेषज्ञहरूका अनुसार नेपालमा क्यान्सर, आनुवंशिक समस्या र अन्य जटिल रोगको परीक्षणमा डिजिटल पीसीआर प्रयोगले नयाँ सम्भावना बनेको छ । यसले चिकित्सकलाई उपचारको निर्णय लिन सजिलो बनाउने र बिरामीलाई समयमै उपचार प्राप्त हुने आधार तयार गर्ने विश्वास लिइए चिकित्सकको भनाई छ ।
मन्त्री पौडेलको पहलमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका नयाँ व्यवस्थाहरूले स्वास्थ्य सेवामा जनविश्वास बढाउने र नेपाललाई आधुनिक रोग परीक्षण क्षमतामा अघि बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस