
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -५ भदौ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले े एमालेको कडा अवरोधका बाबजुद पार्टी राजनीतिमा सक्रिय बन्नु भएको छ । आफु सक्रिय राजनितिमा आउन पूर्वराष्ट्रपति भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दैछन् ।
त्यसको लागी अहिले दिउँसो २ बजे काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उहाँको सचिवालयले जनाएको छ। उक्त घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय रहने गरी भाडामा लिइएको हो।
भण्डारीको एमालेले सक्रिय सदस्यता केन्द्रीय कमिटीले खारेज गरे पनि उनले जिल्ला दौडाहा बढाएकी छन्। सोमबार मात्र कोशी प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तीव्र पारेकी हुन्।
ै भण्डारीको पक्षमा धेरै नेता कार्यकर्ता देखिएका भएतापनि तर एमालेले भने नेता कार्यकर्तालाई भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी जारी गरिसकेको छ । । उनी भदौ १४ गते वीरगञ्ज जाने तयारी छ।
सोही क्रममा भण्डारीले त्यहाँको उद्योग वाणिज्य संघले राखेको महिला उद्यमीहरूको भेलालाई सम्बोधन गर्न भण्डारी वीरगञ्ज जान लागेको बताए पनि उद्देश्य राजनीतिक नै रहेको उनी निकट नेताहरु बताउँछन्।








प्रतिक्रिया दिनुहोस