
नारी बाटिका
बिवियु नारी वाटिका संवाददाता
धादिङ -२१ भदौ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भाद्र २४ मा धादिङ आउनु हुने भएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत पार्टीका कार्यक्रमको सिलसिलामा अध्यक्ष प्रचण्ड धादिङ आउन लाग्नु भएको हो ।
नेकपा माओवादी केन्द्र) धादिङका इन्चार्ज पुष्पबिक्रम मल्लका अनुसार प्रचण्ड भाद्र २३ गते गोरखाबाट सल्यानटार आई बास बसेर त्यसको भोलिपल्ट भाद्र २४ मा धादिङवेशी स्थित पार्टी प्रशिक्षण तथा जनसंवाद कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
धादिङवेसीको कार्यक्रम सकी फर्कने क्रममा प्रचण्डले सल्यानटार, खहरे, चरङ्गे हुँदै नेत्रावती डवजोङको भर्याङभरुङ लगायतका स्थानमा पार्टी कार्यकर्तासँग भेटघाट गर्ने र त्यसपछि नुवाकोट तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र धादिङले जनाएको छ ।
जनजागरण अभियानमा प्रचण्डसँगै पार्टीका अन्य शीर्ष केन्द्रीय तहका नेताहरूको पनि धादिङमा उपस्थिति रहने बताईएको छ ।








प्रतिक्रिया दिनुहोस