आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

चुनौति नै चुनौतिको चाँङमा प्रधानमन्त्री कार्की…

२०८२ भाद्र २९, आईतबार मा प्रकाशित ( ४ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


कस्तो आउला प्रधानमन्त्री कार्कीको टिम ? नागरिकको पर्खाई

नारी वाटिका संवाददाता

काठमाडौँ -२९ भदौ ।

पछिल्लो समय जेन–जी पुस्ताले गरेको परालमा सल्किएको आगो झैंछिनमै दन्किएको आगोले देशको खरबौं,खरबौंको राज्य र व्यक्तिको सम्पत्ति नास भएको त छ नै ..। साथै यस क्रान्ति’ पछि जेन–जीकै चहाना अनुसार बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई धेरै नेपालीले असल र भ्रष्टाचार विरोधी नेतुत्वको रूपमा प्रशंसा गरिरहेका छन् ।

शुक्रवार राती कार्की प्रधानमन्त्रीमा नियुक्त भए संगै उहाँलाई भ्रष्टाचार देखिसहन नसक्ने व्यक्ति भन्दै आम नागरिकबाट अब मुलुकमा भ्रष्टाचार र पुराना राजनितिक दल नेतृत्वका कर्मचारी प्रशासनदेखी राजनितिक नेताले नै वर्षौदेख देशमा गरेको सबै खाले मनोमानीको अन्त्य हुने आशा राखेको पाइएको छ ।

जेन–जी आन्दोलनको मुख्य उद्देश्य पनि मुलुकमा झाँगिएको भ्रष्टाचारलाई अन्त्य गरी सुशासन स्थापित गर्नु नै रहेको थियो । जेन–जी पुस्ताले सरकारलाई दबाब दिन गरेको आन्दोलन एकाएक चरम उत्कर्षमा पुगी सत्तापलट गर्नेसम्मको अवस्था आयो ।

आन्दोलन सफल भएपछि त्यसलाई थेग्न नसकी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने अवस्था आएको हो । जेन–जीकै माग बमोजिम प्रतिनिधिसभा विघटन भई, राष्टपतिले अन्तरिम सरकार गठन गरी प्रधानमन्त्रीमा पुर्वप्रधानन्यायधिश सुशिला कार्कीलाई नियुक्ती गर्नु भएको थियो । तर प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि भने गम्भीर प्रश्न उठिरहेको छ ।

शुक्रवार कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदा सानो मन्त्रिपरिषद् बन्ने अनुमान गरिएको थियो तर मन्त्रिपरिषद्मा अन्य कोही सदस्य पनि आउन नसकेपछी प्रधानमन्त्री कार्की आफैंले २१ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । प्रधानमन्त्री कार्की आफैंमा राम्रो भए पनि एक्लैले केही गर्न नसक्ने भएकोले अब कस्ता मान्छैहरु आउलान् मन्त्रीमा भन्ने धेरै चासो नागरिकमा छ ।

कार्कीको नेतृत्वमा रहने सिंगो टिमका व्यक्तिहरू नै असल, विवादमा नपरेका, इमानदार र भ्रष्टाचारमा शून्य सहनशीलता,मन्त्रालय चलाउन सक्ने परिपक्वता भएका र नीति अख्तियार गर्न सक्ने व्यक्ति चाहिने विज्ञहरूको सुझाव छ । अन्यथा प्रधानमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसक्ने विज्ञहरूको भनाइ छ ।

सुशासनको विश्वव्यापी मान्यता अनुसार सुशासन माथिल्लो तहबाट थालिनु पर्छ त्यसका लागि सबैभन्दा पहिला प्रधानमन्त्री तथा मन्त्रीहरू आफैं इमानदार, पारदर्शी, चरित्रवान भएका व्यक्ती मन्त्री बन्नु पर्छ ।

प्रधानमन्त्री कार्कीमाथी शुरूमा नै नागरिकद्वारा रुचाइएको, शासक नभएर सेवक बनेर नागरिकको सेवामा समर्पित हुँदै आएको, विभिन्न कार्यक्षेत्रमा रहँदा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाएको स्वच्छ छविको व्यक्तिलाई मन्त्रीको रूपमा ल्याएर राम्रो सन्देश दिन चुनौति पनि उत्तिकै थपिएको छ ।

जेन–जी आन्दोलनको चहानाबाट बनेको वर्तमान सरकारलाई मुलुकमा सुशासन कायम गर्ने, आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको भौतिक क्षतिको पुर्ननिर्माण गर्ने, आन्दोलनका क्रममा घुसपैठियाकै कारण मनोबल गिरेका आम कर्मचारी, प्रहरी तथा उद्योग व्यवसायीको मनोबल उच्च बनाउनु पर्ने लगायतका प्रमुख चुनौती हुन् ।

अर्कोतर्फ ६ महिनाभित्रै निर्वाचन सम्पन्न गरी नयाँ प्रतिनिधिसभा स्थापना गरी निर्वाचित सरकार बनाउनु पर्ने दायित्व त छँदैछ । यस्तो अवस्थामा प्रधानमन्त्री कार्की तथा जेन–जीले मन्त्री छनोटमा नै विशेष ध्यान दिनु पर्ने देखिन्छ । विगतका सरकार प्रमुखले जसरी खल्तीबाट आफ्ना र आसेपासेलाई मात्रै सिफारिस नगरेर मन्त्री बन्ने स्पष्ट मापदण्ड बनाई सोही मापदण्डअनुसार सम्बन्धित मन्त्रालय सम्बन्धमा जानकार तथा विषय विज्ञ व्यक्तित्वको खोजी गरिनु पर्ने अर्को चुनौति छ ।

मन्त्रीका बारेमा जेन–जी समूहले कुनै छलफल चलाएको छैन । यसले पनि मन्त्रीहरू हचुवाकै आधारमा आउने हुन् कि भन्ने चिन्ता पनि छ । हचुवाका आधारमा मन्त्री ल्याइएमा प्रधानमन्त्री कार्कीलाई काम गर्न असहज हुने र सिंगो सरकारको कार्य सम्पादन प्रभावकारी हुन नसक्ने विज्ञहरूको भनाइ छ ।

चुनौति नै चुनौतिको चाँङमा प्रधानमन्त्रीको पदभार समहाल्नु भएकी कार्कीले मन्त्रीहरूका बारेमा आन्तरिक गृहकार्य थालिएको बुझिएकोलछ । यसैबिचमा एक दुई दिनभित्र सबै मन्त्रीहरू आउने गरी छलफल थालिएको उच्च स्रोतले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस