
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ २९ भदौ ।
आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएकोछ। बालकालिकामा लगानी सुनिश्चित भविषयको थालनी’ भन्ने मुल नारासहित ६१ औँ बाल राष्ट्रिय बाल दिवस मनाइएको हो।
संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई नेपालले २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। यसै अनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ मा मनाउन थालेको हो। राष्ट्रिय बाल दिवस २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाइँदै आएकोमा यसै दिवसलाई भदौ २९ मा मनाउन थालिएको हो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको थियो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भमा बाल दिवस मनाउन थालिएको थियो।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता लगायतका विषय समेटेर सर्वांगीण विकासको प्रत्याभूत गरेको छ।
संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धता जनाए अनुरूप सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्न सुरु गरिएको हो।
यसै दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शुभकामना दिनु हुँदै यो दिनले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान राखी आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरेको छ।








प्रतिक्रिया दिनुहोस