आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

राष्ट्रिय बालदिवसका अवसरमा टप ३(थ्री)र टप ५ पुरस्कार तथा शैक्षिक सामग्री प्रदान कार्यक्रम

२०८२ भाद्र २९, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) १९५४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ २९ भदौ ।

नारी विकास बचत तथा ऋण सहकारी संस्थाद्वारा ६१ औं राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

उक्त सहकारी संस्था अन्तर्रगतको शिक्षा उप समितिको संयाजत्वमा नारी जागरण केन्द्रको व्यवस्थापन सहयोग तथा नारी संन्चार मिडिया प्रा.लि.को सुचना सम्प्रषणमा धादिङको निलकण्ठ वालमन्दीर माद्यामिक विद्यालय,धादिङ

‾बोडिङ,चिल्डे्रनपार्क बोडिङ,,आदर्शिला,क्युबो बोडिङ लगायतमा अध्ययनरत बालबालिकाहरु मध्यका सस्थाको बाल समुहमा आवद्ध ५२१ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

६१ औं राष्ट्रिय बालदिवस कै अवसर पारेर आयोजित कार्यक्रममा समुहमा आवद्ध मध्यका ३ जनालाई टप ३ पुरस्कार,५ जनालाई कम उमेरमा समुहमा आवद्ध पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी टप ३ (थ्री) पुरस्कारमा कक्षा ६ भन्दा माथीका बालबालिका भएकाले उनीहरुलाई खाना तथा खाजा २४ घण्टासम्म ताजा बनाई राख्न हड्केस र टप फाइभ(पाँचजनालाई)रोजगारीमा रहेका आमाहरुले समयमा स्तनपान गराउन संभव नहुने

भएकाले एकवर्ष कम उमेरका बच्चाहरुले आमाको दुधलाई स्टक बनायर खुवाउन मिल्ने खालको सामाग्री प्रदान गरिएको थियो । बालकालिकामा लगानी सुनिश्चित भविषयको थालनी’ भन्ने मुल नारासहित ६१ औँ बाल राष्ट्रिय बाल दिवस कै अरु बालबालिकाहरुका लागी कक्षा ४ सम्मका नानी बाबुलाई कमी,कलम,पेन,पेज्सील,पेन्सीलकटर,इलेजर लगायतका सामाग्री प्रदान गरिएको थियो भने

कक्षा चारभन्दा माथीका बालबालिकाहरुका लागी कपी,कलम,ज्वमिति बक्स लगायतका सामग्रीहरु प्रदान गरिएको हो ।

संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई नेपालले २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। यसै अनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ मा मनाउन थालेको हो। राष्ट्रिय बाल दिवस २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाइँदै आएकोमा यसै दिवसलाई भदौ २९ मा मनाउन थालिएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस