आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकको राजीनामा

२०८२ आश्विन १, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ- १ असोज ।

बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनु भएको छ । उहाँले बुधबार उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाउँँदै राजीनामा दिनृु भएको हो ।

भदौ २३ गते भ्रष्टाचारविरुद्धको जेनजी समुहको प्रदर्शनमा भएको अस्वाभाविक बल प्रयोगप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत आफुनो राजीनामाको घोषणा गर्नु भएको हो ।

उहाँले आफुले राजीनामा दिन प्राविधिक कारणले ढिलाइ भए पनि आज औपचारिक पत्र बुझाएको बताउनु भएको छ । राप्रपाको समानुपातिक कोटाबाट २०७९ पुस २८ मा सभामुख निर्वाचित भएका पाठकले घटनाले नेपाली जनताको भावना विपरीत पदमा रहनु उचित नलागेको बताउनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस