
नारी वाटिका संवाददाता
काठमाडौँ- १ असोज ।
बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनु भएको छ । उहाँले बुधबार उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाउँँदै राजीनामा दिनृु भएको हो ।
भदौ २३ गते भ्रष्टाचारविरुद्धको जेनजी समुहको प्रदर्शनमा भएको अस्वाभाविक बल प्रयोगप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत आफुनो राजीनामाको घोषणा गर्नु भएको हो ।
उहाँले आफुले राजीनामा दिन प्राविधिक कारणले ढिलाइ भए पनि आज औपचारिक पत्र बुझाएको बताउनु भएको छ । राप्रपाको समानुपातिक कोटाबाट २०७९ पुस २८ मा सभामुख निर्वाचित भएका पाठकले घटनाले नेपाली जनताको भावना विपरीत पदमा रहनु उचित नलागेको बताउनु भएको छ।












प्रतिक्रिया दिनुहोस