
काठमाडौं -३ असोज ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानको रक्षा र समयानुकूल सुधार गर्दै लैजानु पर्नेमा जोड दिनु भएको छ ।
नेता कोईरालाले वर्तमान संविधानलाई सबैको प्रतिनिधित्व भएको ऐतिहासिक उपलब्धि बताउँदै पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सोचसहित मुलुकलाई अघि बढाउनु पर्नेमा औंल्याउनु भयो।
कोइरालाले संविधान कार्यान्वयनमा चुनौती आए शान्तिपूर्ण तरिकाले मिलेर समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।












प्रतिक्रिया दिनुहोस