आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

२०८२ आश्विन ९, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ३५६६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ९ असोज ।

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यसुचि तय भएको छ ।

‘जेनजी’ आन्दोलनपछि मुलुकमा गठित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले पहिलो पटक आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो।
गत भदौ २७ मा मुलुकको प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले मन्त्रिमण्ल पनि विस्तार गरी सनु भएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले केपी शर्मा वली सरकारलाई ढलाएर नेपालमा राजनितिक उथलपुथल मात्रै भएन देशको खरबौंको सम्पत्तिको पनि नास भएको छ ।यसका साथै ७२ जना नेपालीले ज्यान गुमाउन पर्यो ,

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मितिसमेत तोकेको छ । कार्कीको नेतृत्वमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार भई मन्त्रिमण्डलाई वर्तमान सरकारको प्राथमिक कार्यभार छ महिना अर्थात् फागुन २१ गने निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस