आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

१४ निर्माण कम्पनी सरकारको कालोसूचीमा परे

२०८२ आश्विन ९, बिहिबार मा प्रकाशित ( १0 महिना अघि) १०४१७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -९ असोज ।

सरकारले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गरी असोज ८ गतेको निर्णय अनुसार कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस