
नारी वाटिका संवाददाता
काठमाडौँ १३ असोज ।
गृह मन्त्रालयले नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाको लागी सिफारिस हुनु भएको छ ।
मन्त्रालय अन्तरगतको बढुवा समिति, सचिवालयको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवाको लागी सिफारिस गरिएको हो ।
समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस