आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका स्वीकृत,मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

२०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ( १0 महिना अघि) ९५८० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२१ असोज ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

आयोगका स्वीकृत कार्यतालिका अनुसार आगामी मङ्सिर १ देखि १० गतेसम्म निर्वाचनको लागि राजनीतिक दल दर्ताको कार्यतालिका रहेको आयोगले जनाएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा शोमबार जारी विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने छ।

फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

यस्तै निर्वाचनमा राजनीतिक दलबच समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाइएको छ।

निर्वाचनमा भाग लिनको लागी आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने दलले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस