
नारी बाटिका
काठमाडौं -२५ असोज ।
सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गर्ने निर्णय गरेको हो ।
अवैतनिक कन्सुलेट जनरल सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्य दूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलन अनुसार निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० वटाले यस्तो सुविधा लिईँदै आएका थिए ।
लामो समयदेखी नेपालमा नीलो नम्बर प्लेटका सवारीसाधनको दुरुपयोग भएको भन्ने गुनासो आएको भएतापनि विगतका सरकारले यसलाई बेवास्ता गर्दै आईरहेको थियो । तर जेनजी आन्दोलनबाट गठन भएका सुशिला कार्की नेतृत्वको सरकारले यो निर्णय गरेको हो ।
हाल प्रयोगमा रहेका नीलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग छलफल गरी यसको कार्यान्वयन हुने बताईएको छ ।








प्रतिक्रिया दिनुहोस