आज: २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025

अवैतनिक महावाणिज्य दूतले प्रयोग गर्ने सवारीको नीलो नम्बर प्लेट खारेज

२०८२ आश्विन २५, शनिबार मा प्रकाशित ( ३ दिन अघि) १३०३ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२५ असोज ।

सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गर्ने निर्णय गरेको हो ।

अवैतनिक कन्सुलेट जनरल सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्य दूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलन अनुसार निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० वटाले यस्तो सुविधा लिईँदै आएका थिए ।

लामो समयदेखी नेपालमा नीलो नम्बर प्लेटका सवारीसाधनको दुरुपयोग भएको भन्ने गुनासो आएको भएतापनि विगतका सरकारले यसलाई बेवास्ता गर्दै आईरहेको थियो । तर जेनजी आन्दोलनबाट गठन भएका सुशिला कार्की नेतृत्वको सरकारले यो निर्णय गरेको हो ।

हाल प्रयोगमा रहेका नीलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग छलफल गरी यसको कार्यान्वयन हुने बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस