आज: २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025

प्रधानमन्त्री कार्कीको नाममा चन्दा उठाएको पाइएमा कारवाही हुने

२०८२ आश्विन २८, मंगलबार मा प्रकाशित ( ६ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं २८ असोज ।

सरकारले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा प्रोत्साहन गरेको गतिविधि फेला परे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।

हालै केही व्यक्ति तथा समूहले प्रधानमन्त्री कार्की र उनको कार्यालयको नाम दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने प्रधानमन्त्री कार्यलयमा जानकारी आएकोले यस बारेमा ध्यानाकर्षण भएको सरकारले जनाएको छ।

प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कुराको निर्णय नभएकोले यस बारेमा कोही कसैलाई अनुमति नदिइएको बताईएको छ ।

प्रधानमन्त्री कार्यलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ” त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि अनुरोध गरेमा सो कुराको पूर्णरूपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्ति मार्फत अनुरोध गरेका छन्।

यस्तै प्रधानमन्त्रीको नाम लिई चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिवधि फेला पारेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन पनि सम्वन्धित सबैमा विज्ञप्ति मार्फत आग्रह गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस