आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

सार्वजनिक विदा लम्व्याउने सरकारको निरनतरता,वेरोजगार र सेवाग्राहीको समस्या बढ्दो

२०८२ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( १ दिन अघि) २३८८ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ -७ कार्तिक ।

यस वर्षमा तिहारको विदा पाँच दिनसम्म भएको छ । बिहीबार नै तिहार सकिएको भए पनि सरकारले विभिन्न वहानामा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ। यसरी सरकारले शुक्रबार पनि तिहारकै नाममा बिदा दिएको हो।

नेपाल सरकार गृह मन्त्रालयद्वारा प्रकाशित राजपत्रमा नै यो वर्ष कात्तिक ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा उल्लेख गरेको छ। त्वसोत यस वर्ष तिथि घटबढका कारण लक्ष्मीपूजा र भाइटीकाकै बिचमा पनि एक दिन ग्याप रहेकोले बिदा थपिएको थियो। यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनसम्म लामो भएको छ।

यसरी विभिन्न चाडपर्व मात्रै नभएर नेपालमा अनेकौं जातिय तथा विभिन्न दिवसका नाममा विगतदेखी नै वर्तमान सरकार समेतले थुप्रै विदा दिने गरेको छ । यसरी लामो विदा हुंदा जागिरे तथा रोजगार पाएकाहरुका लागी त घर मै बसेर तलव पाकी रहने भएकोले खुशी र उत्साह होला ? तर दैनिक ज्याला मजदुरी र साना तिना व्यपार व्यवशाय लगायतका काम गरी खाने विपन्न वर्गका लागी भने रोजगार विहिन हुंदा विहान वेलुकीको हातमुख जोड्नै समस्या पर्ने अवस्था छ ।

यसका साथै लामो सरकारी बिदाका कारण सरकारी कार्यालयका काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै विरोध हुने गरे पनि सरकारले तिहारका नाममा अनावश्यक बिदा दिएको हो।

सोमबारदेखि बन्द सरकारी कार्यालय एक सातापछि आइतबार मात्र खुल्नेछन्। आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेको छ। यो दिन पनि सार्वजनिक बिदा छ।

केही वर्षअघि तिथिकै घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन बिदा दिन शुरु गरेको थियो। तर केही पर्व नपरे पनि बिदा दिने क्रम भने रोकिएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस