आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

काँग्रेसको केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै गेटमा तालाबन्दी

२०८२ कार्तिक १६, आईतबार मा प्रकाशित ( ३ महिना अघि) ३८४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१६ कार्तिक।

कांग्रेस सुधार अभियान भन्दै पार्टीभित्रका जेनजी पुस्ताहरुले आइतबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्दै गेटमा तालाबन्दी गरेका छन् ।

आफ्नै पार्टीका यवा कार्यकर्ताहरुले गरेका प्रदर्शनमा युवाहरुले प्रहरीको बाक्लो सुरक्षा घेरा घेरा तोड्दै उनीहरू पार्टी मुख्यालयको गेटसम्म पुगेर तालाबन्दी गरेका हुन् ।

नियमित महाधिवेशनको समय तालिका तत्काल तोक्नुपर्ने र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखी उनीहरूले नाराबाजी समेत गरेका थिए । पार्टी मुख्यालयको प्रवेशद्वार बन्द गरिएपछि अभियानका सदस्यहरू बाहिरै बसेर प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीले ‘नियमित महाधिवेशन तुरुन्त गरियोस् , वर्तमान केन्द्रीय समिति विघटन गरियोस्’ तथा ‘आम कांग्रेसजनको आवाजलाई बेवास्ता नगरियोस् ’जस्ता नारा लगाएर विरोध गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस