
नारी वाटिका संवाददाता
काठमाडौ- ८ मंसिर ।
सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन मुल्यान प्रतितोला एक हजार नौ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भैरहेको हो।
यसअघि सुन प्रतितोला दुई लाख ४४ हजार ६ सयमा कारोबारभएको थियो । आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। हिजो तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेकोमा आज तीन हजार एक सय १५ रूपैयाँमा चाँदीको कारोबार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस