आज: २०८२ पौष ४, शुक्रबार | Fri, 19, Dec, 2025

लुम्बिनीले सुदूपश्चिमलाई पराजित गर्दै जित्यो एनपीएल सिजन(२)को उपाधि

२०८२ मंसिर २८, आईतबार मा प्रकाशित ( ५ दिन अघि) १९८५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२८ मंसिर। बिबियु,

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिएर उपाधी हात पार्न सफल भएका हुन्। आक्रामक रुपमा १३ बलमा उनल ेब्याटिङ गरेका थिए।

डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भएका थिए। निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित भए। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले दुई,अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिएका थिए।

त्यसअघि टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा थिए। ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे। रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिएका हुन्।

यस्तै शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३।३ र तिलक भण्डारीले एक विकेट हात पार्न सफल भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस