आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

रवि लामिछानेलाई धरौटीमा थुना मुक्त गर्न अदालतको आदेश

२०८२ पौष ३, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ४०३१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३ पुस।            बिबियु

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागी थुनामा रहेका रवी लामिछानेलाई आज अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इलजासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।

तुलसीपुर उच्च अदालतले दिएको आदेशमा लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत (ग्यारेन्टी)लाई अदालतलाई बिगोका हकमा सुरक्षित राख्न उल्लेख गरिएको छ।

अदालतको १ नम्बर बुटवल इजलासमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त यस्तो दिएको हो।लामिछानेको तर्फबाट बिगो बराबरको रकम बुझाएर थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग भए बमोजिको बिहिबार सुनुवाइ भएको हो।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिरवी ,छवी र अन्य व्यक्तिहरु समेत थुनामा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस