आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

राप्रपाले काठमाडौं १ मा पशुपतिशमशेरलाई सिफारिस गरेको पुष्टी

२०८२ पौष ६, आईतबार मा प्रकाशित ( १ महिना अघि) ३५०४ पटक पढिएको
नारी बाटिका


रवीन्द्रको अफवाहप्रति समितीको खण्डन

नारी वाटिका संवाददाता

काठमाडौं- ६ पुस ।

राप्रपाले काठमाडौं १ मा पशुपतिशमशेर राणालाई नै सिफारिस गरेको पुष्टी गरेको छ । तर रविन्द्र मिश्रले आफुलाई समितीले सिफारिस नगर्दा पनि गलत अफवाह फैलाएकोमा आपत्तिसमेत जनाएको छ । मिश्रले समिति वाहिरको मान्छे वोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएका वाध्य बनाएको भन्दै आधिकारिक समितीले सो को खण्डन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)ले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा.जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको हो ।

काठमान्डौ क्षत्र नं १ को क्षत्रिय समितिको वैठकले गत हप्ता नै उम्मेदवारको सिफारिस गरेको हो । क्षेत्रीय समित अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको माइन्युटसहित सो निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको क्षत्रिय समिति सदस्य विनोद दवाडीले जानकारी गराए ।

उनका अनुसार क्षत्रले रविन्द्र मिश्रको नाम सिफारिस नगरेपछी कार्यकर्ताको उपेक्षाकाबीच मिश्रले समिती वाहिरको मान्छे वोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएका छन् ।

क्षत्रिय अध्यक्ष रामेश्वर श्रेस्ठले नमान्दा एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर सिफारिस भन्दै सामाजिक संजालमा भ्रम फैलाएको उनको आरोप छ ।

काठमान्डौ क्षत्र न १ का राप्रपाका कार्यकर्ता र क्षत्रिय र सवै वडा समितीका सदस्यहरुले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै भेला आह्वान गरेकाछन् ।

उनीहरूले यो गैर जिम्मेवारी कार्यको प्रतिकार गर्ने चेतावनी दिएकाछन् ।

यसको लागि आजभोलिमै १ नं क्षत्रका सवै सकृय सदस्यहरू समेतको भेलाको तयारी गरिएको दवाडीले बताए ।

काठमाडौं १ बाट प्रत्यक्ष र समानुपातिकमा सिफारिस भएका उम्मेदवारीको माइन्युट यसैसाथ संलग्न छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस