आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

विगतका सरकारले प्रतिशोध लिएर ममाथि अन्याय गर्यो : रवि लामिछाने

२०८२ पौष ७, सोमबार मा प्रकाशित ( १ महिना अघि) २१७१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ ७ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीसँग विगतका सरकारले आफूमाथि प्रतिशोध लिएर नौ नौ महिनासम्म थुनामा राखेको बताएका छन् ।

२ दिनअघि मात्रै थुनामुक्त भएका लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर आफुलाई जस्तै अन्याय अरुलाई अहिलेको सरकारले नगर्न आग्रह गरेका हुन्।
आइतवार राति प्रधानमन्त्री कार्की र लामिछानेबीच बालुवाटारमा २ घण्टासम्म लामो भेटवार्ता भएको थियो।

पार्टीका वाग्लेलगायतका नेताहरूको साथमा गएका लामिछानेले निर्वाचनको लागी ढुक्कसँग तयारी गर्न र जेनजीसँगको सम्झौता दृढता साथ कार्यान्वयन गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरेका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै रास्वपा नेतृ गौतमले भनिन्‚ ‘हाम्रा सभापतिको प्रधानमन्त्री कार्कीसँग भेट भयो। भेटमा यसअघिका सरकारले गरेको राजनीतिक प्रतिशोध नगर्न आग्रह गर्नु भयो। यसका साथै निर्वाचनको तयारी बारेपनि छलफल भएको छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस