आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

कांग्रेसले ‘अन्याय’गरेको भन्दै पूर्वमन्त्री खड्का रास्वपामा प्रवेश गर्ने तयारीमा

२०८२ पौष ७, सोमबार मा प्रकाशित ( ३ महिना अघि) ३४७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

.कास्की -७ पुस ।

पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गर्ने तयारीमा छन्। यसै पुस १९ गते शनिबार पोखरामा हुन गैइरहेको रास्वपाको एक कार्यक्रममा खड्का रास्वपा प्रवेश गर्ने तयारीमा लागेका हुन्।

खड्कालाइ कांग्रेस केन्द्रीय अनुशासन आयोगले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछी केही समयदेखी काँग्रेस राजनीतिमा उनी निस्क्रिय थिए। पार्टीले आफूमाथि गरेको कारवाही फिर्ता नलिएको भन्दै उनी रास्वपामा प्रवेश गर्ने धारणा बनाएका हुन्।

लामो समयसम्म कांग्रेसको राजनीतिक गरेका खड्का पुस १९ गते पोखरामा आयोजना हुने कार्यक्रममा रास्वपा प्रवेश गर्ने प्रतिक्रिया दिएका छन्। कास्की जिल्लाबाट नेपाल विद्यार्थी संघको राजनीति यात्रा सुरु गरेका खड्का अध्ययनको क्रममा केही समय बेलायतमा बसेका थिए।

अध्ययन पूरा गरेर नेपाल फर्किएपछि तत्कालीन माओेवादीले चलाएको जातीय पहिचानसहितको संघीयताको विपक्षमा खड्काले आफूलाई उभ्याएका थिए। जातीय राज्य विरुद्ध क्षत्री समाज नै गठन गरी उनले २०७० सालको दोस्रो संविधानसभामा अखण्ड नेपाल पार्टी गठन गरेर चुनावमा भाग लिएका थिए।

सो पार्टीले समानुपातिकतर्फ एक सिटमा जित हासिल गर्‍यो। सोही बेला खड्का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीसमेत बनेका थिए।
अध्ययनमा रामे लगाम भएका खड्का भाषण कलामा माहिर छन्। संविधान जारी भइसकेपछि उनले आफूले नेतृत्व गरेको अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा नै विलिन गराएका थिए।

खड्का २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट गण्डकी प्रदेशको समानुपातिक सांसद बनेका थिए। त्यो बेला केन्द्रदेखि सातवटै प्रदेशमा नेकपाको एकल सरकार बनेको अवस्था थियो।

त्यसपछी पार्टीभित्रैबाट उनीमाथि आफ्नै सरकारलाई असहयोग गरेको, पार्टीका उम्मेदवार विन्दु थापालाई हराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पोखरेलले थापालाइ मन्त्री पदबाट बर्खात गरिदिएका थिए।

त्यसै बेलामा नेपाली कांग्रेस कास्कीले कारबाहीका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरेको थियो। गत असार २५ गते खड्कालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरी १ वर्षका लागि निस्कासन गरिएको छ।

‘उनी भन्छन्’ म रास्वपामा प्रवेश गर्ने भएको छु”,। तर मैले केन्द्रको कुनै पनि राजनीति नगर्ने बताइसकेको छु। म प्रतिनिधिसभा, राष्ट्रियसभा वा पार्टीको केन्द्रीय राजनीति गर्दिन,’ यो कुरा खड्काले संन्चारमाध्यमा नै बताईसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस