आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

२०८२ पौष ७, सोमबार मा प्रकाशित ( १ महिना अघि) २६०५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -७ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ को निर्वाचनका लागि प्रतिनिधि सिफारिसमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

राप्रपाको आज बसेको क्षेत्रिय समितिको बैठकले प्रत्यक्ष तर्फ पशुपतिशम्शेर राणासहित ४ जना र समानुपातिकमा प्रा.डा.जयन्तनाथ खनालसहित ६ जना सिफारिस भएको स्पष्ट पार्दै सामाजिक संजाल र केही सञ्चार माध्यममा आएका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट पुस १ गते नै निर्णय गरेर सिफारिस केन्द्रीय कार्यालयमा दर्ता गरिएको जानकारी गराउँदै बैठकले पूर्ववतः निर्णयमा कुनै फेरबदल नभएको र सोही निर्णयमा प्रतिबद्ध रहेको जनाएको छ ।

कुल १६ सदस्यीय समितिमा ११ सदस्य रहेको काठमाडौं क्षेत्र नम्बर १ समितिको बहुमतले यो निर्णय गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस