आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सरकारका मन्त्रीसहितका टोलीले कांग्रेस पार्टी कार्यालयको अनुगमन

२०८२ पौष ८, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २०४७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ८ पुस । बिबियु

सरकारद्वारा गठित राजनीतिक संवाद समितिका मन्त्रीसहतका टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ।

आज(मंगलबार) कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको संयुक्त टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालय सानेपामा पुगेर अनुगमन गरेको हो।

सोही क्रममा उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग राजनितिक संवाद समेत गरेका छन्। छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण तयारगर्न आफूहरु वार्तामा गएको जानकारी गराए।

मन्त्री खरेलले भन्नु भयो,‘जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन छ । त्यस कार्यको सहज वातावरण बनाई निर्वाचनलाई सुनिश्चीत गर्न राजनीतिक दलसँग सरकार पनि जानुपर्छ भनेर हामी सानेपा आएका हौैं ।’

त्यस्तै कांग्रेसका तर्फबाट उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष, स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि आफूहरुले नदेखेको भन्दै त्यो वातावरण निर्माण गर्न आग्रह गर्नु भयो ।

सोही क्रममा उपसभापति गुरुङले देशको राजनीतिक दलहरुलाई व्यवास्ता गरेर जेनजी र सरकारबीचको १० बुद्दे सहमतिको कारणले पनि आफूहरुमा अविश्वास पैदा भएको धारणा राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस