आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

पूर्वगृहमन्त्री लेखकको जाँचबुझ आयोगमा बयान, ‘गोली हान्न आदेश दिएको छैन’

२०८२ पौष १४, सोमबार मा प्रकाशित ( १ महिना अघि) १९५४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं १४ पुस ।

पुर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनाको विस्तृत जाँचबुझ आयोगसमक्ष बयान दिनु भएको छ। लेखकसंग आयोगका पदाधिकारीहरूले राखेका प्रश्नको मौखिक जवाफ दिनुका साथै उहाँले लिखित धारणा पनि पेश गर्नु भएको हो।

जाँचबुझ आयोगबाट उपलब्ध गराइएको लिखित बयानमा लेखकले प्रदर्शन गर्ने क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको स्पष्ट पार्नु भएको थियो। लेखकले गृहमन्त्रीको हैसियतले आफूले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा निकायका अधिकारीहरूमै निहित रहने उहाँको भनाइ थियो।

पुर्व गृह्रमन्त्री लेखकले भदौ २२ मा बसेको सुरक्षा समितिको बैठकमा ‘कुनै पनि हालतमा मानवीय क्षति हुन नदिनु’ भन्दै उच्च संयमता अपनाउन निर्देशन दिएको उल्लेख गर्नु भएको छ। तर ‘जेनजी’ आन्दोलनको नाममा लोकतन्त्रविरोधी तत्त्वहरू घुसपैठ गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक दिशातर्फ मोडिएको उहाँको दाबी रहेको छ।

लेखकका अनुसार गोली चलाउने, लाठीचार्ज गर्ने वा अन्य बल प्रयोग गर्ने निर्णय सुरक्षाकर्मीले नै तत्कालीन परिस्थितिका आधारमा अवस्था हेरी गरेको हुन सक्छ, तर त्यसका लागि आफूबाट कुनै प्रत्यक्ष आदेश नदिइएको स्पष्ट पार्नु भएको छ।

यस्तै राज्यका प्रमुख अङ्गहरूमाथि आक्रमण हुनु लोकतन्त्र कमजोर पार्ने उद्देश्यले गरिएको सुनियोजित षड्यन्त्र भएको उहाँको धारणा छ। घटनाका क्रममा केही युवाहरूको ज्यान गएको विषयले आफू गहिरो रूपमा मर्माहत भएको पनि उल्लेख गर्नु भएको छ । साथै आफुले नैतिक जिम्मेवारी लिई तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको पनि बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस